रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय गर्छौं : निर्वाचन आयोग

होमल्याण्ड खबर

२०७९ मंसिर १ गते, बिहीबार १६:०८ मा प्रकाशित

निर्वाचन आयोगले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै परेको उजुरीबारे प्रमाणको आधारमा निर्णय गर्ने जनाएको छ । विहीबार ९आज० आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त उजुरीबारे उठेको प्रश्नको जवाफ दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्णय गर्ने बताएका हुन् ।

उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको थियो । सोही विषयबारे प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रमाणका आधारमा निर्णय गर्ने बताएका हुन् ।

यसका साथै आयुक्त थपलियाले अस्वाभाविक मतदान भएमा अर्को निर्वाचन हुनेसमेत बताए । विगतमा बुथ कब्जा हुने गरेका स्थानमा यो निर्वाचनमा हवाईगस्ती गरिने पनि जानकारी गराए । मतदातालाई असर पर्ने गरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने भन्दै यदि त्यसो गरेमा गर्नेलाई कारबाही हुने पनि उनले बताए ।

मतपरिणाम आइसकेपछि पनि चित्त नबुझेमा अदालत जान सकिने उनले जानकारी दिए । त्यस्तै आयोगले मतदाताको सुविधाका लागि निजी कम्पनीलाई २ दिन बिदा दिन अनुरोधसमेत गरेको छ । त्यस्तै आयुक्त थपलियाले मंसिर ४ गते मतदान भइसकेपछि ७ गतेभित्र प्र