९ मंसिर २०८१, आईतवार
यूएईविरुद्धको एकदिवसीय क्रिकेट शृंखला जित्न नेपालले १७७ रनको विजयी लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी सिरिजको अन्तिम खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सामान्य स्कोरमा समेटेको हो ।
यूएईलाई सामान्य स्कोरमा समेट्ने क्रममा गुल्सन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २र२ विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट हात पारे ।
यूएईका लागि आयान अफजल खानले ५४, मोहम्मद अलिसान शराफुले ३३, रोहन मुस्ताफाले २४ र हजरत बिलालले २० रन जोडे ।
९३ रनमा ९ विकेट गुमाएको यूएईका लागि अन्तिम अफजल र बिलालले ८३ रनको साझेदारी गरे ।
यूएईले निर्धारित ५० ओभरमा अलआउट नभई १७६ रन जोड्यो ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
यसअघि पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ३ विकेटको जीत हात पारेको थियो ।
तीन एकदिवसीय खेलको शृंखला १–१ को बराबरीमा छ । आजको खेल जित्ने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ ।