४ चैत्र २०८२, बुधबार
निर्वाचन आयोगले दीपक मनाङे (राजिव गुरुङ)लाई रु. २५ हजार जरिवाना गराउने भएको छ । मानाङेले चुनावमा जाँदा ‘१५ लाखले रक्सी पनि खुवाउन पुग्दैन’ भनेर अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको हो ।
मनाङेले मनोनयन दर्ताको क्रममा ‘१५ लाखले रक्सी पनि खुवाउन पुग्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । सोलगत्तै मनाङेलाई आयोगले गत कात्तिक १४ गते स्पष्टीकरणसमेत सोधेको थियो ।


मनाङे मनाङको प्रदेश सभा ‘ख’बाट निर्विरोध निर्वाचित भइसकेका छन् ।