भोलि साँझैबाट मतगणना, यस्तो छ आयोगको तयारी

होमल्याण्ड खबर

२०७९ मंसिर ३ गते, शनिबार १६:५३ मा प्रकाशित

भोलि मतदान सकिएपछि सुगम क्षेत्रमा मतगणना पनि सुरु गरिने भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

मतदान सकिएपछि मतपेटिका संकलन गरी सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

डोल्पा र हुम्लामा भने हेलिकोप्टरबाट मतपेटिका संकलन गरिने छ ।