हामीमाथि पूर्वाग्रह राखेर मतपत्र मिसमास पारियो: रबि लामिछाने

होमल्याण्ड खबर

२०७९ मंसिर ४ गते, आईतवार १३:२४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मोरङ ३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा भएको निर्वाचन केन्द्रमा मतपत्र मिसमास पारिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले आफूहरुमाथि नै पुर्वाग्रह राखेर मतपत्र मिसमास पारिएको आशंका गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘घण्टी चिन्ह भएको समानुपातिकको मतपत्रमा नै एकै किसिमको त्रुटी हुनु मानवीय मात्र नभएर सुनियोजित हो कि भन्ने हामीलाई शंका छ ।’