दोलखाको जफेमा मतदाताबिच विवाद,मतदान स्थगित, प्रहरीद्धारा ७ राउण्ड हवाई फायर

होमल्याण्ड खबर

२०७९ मंसिर ४ गते, आईतवार १५:१९ मा प्रकाशित

दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ ।

एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो ।

त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ ।

अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।