४ चैत्र २०८२, बुधबार
नेपाली कांग्रेसले मुस्ताङ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा विजयी भएर खाता खोलेको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका योगेश गौचनले जित निकाल्दा प्रदेश सभा क मा कांग्रेसकै नाम्डु गुरुङ विजयी भएका हुन्।


नाम्डुले १ हजार ४८ मत ल्याएर विजयी बन्दा एमालेका इन्द्रधारा ड्याडु विष्ट ७ सय ९३ मत प्राप्त गरी उपविजेता बने। यसअघि पनि विष्ट उक्त क्षेत्रबाटै विजयी भएर प्रदेश सांसद बनेका थिए।
मुस्ताङ क मा कुल १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।