काठमाडौं ५ मा प्रदीप पौडेलको अग्रता

होमल्याण्ड खबर

२०७९ मंसिर ५ गते, सोमबार १६:४७ मा प्रकाशित

काठमाडौं–५ को मतगणनामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ।

अहिलेसम्म एक हजार मत गन्दा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २७२ मत ल्याएर प्रारम्भिक अग्रता लिएका छन् भने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका उम्मेदवार ईश्वर पोखरेलले २३७ मत ल्याएर पछ्याइरहेका छन्।