काठमाडौं– १ मा कांग्रेसका प्रकाशमान विजयी, रवीन्द्र मिश्र झिनो अन्तरले पराजित

होमल्याण्ड खबर

२०७९ मंसिर ६ गते, मंगलवार ०७:२७ मा प्रकाशित

काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्।

उनले निटकतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रलाई १२९ मतको झिनो अन्तरले पराजित गरेका हुन्।

सत्ता गठबन्धनको साथ पाएका सिंहले ७ हजार १४० मत ल्याए भने एक्लै लडेका मिश्रले ७ हजार ११ मत प्राप्त गरे।

अघिल्लो पटकको निर्वाचनमा पनि सिंहले बीबीसीका पूर्व पत्रकार मिश्रलाई हराएका थिए। मिश्र विवेकशील साझा पार्टीबाट लडेका थिए।