रामकुमारीले दिइन् गोकर्णलाई बधाई

होमल्याण्ड खबर

२०७९ मंसिर ७ गते, बुधबार १३:३१ मा प्रकाशित

गुल्मी–२ बाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टलाई बधाई दिएकी छन् ।

गुल्मी–२ को मतपरिणाम अन्तिम घोषणा हुनुअघि नै उनले एमालेका सचिव एवं उम्मेदवार विष्टलाई जितको बधाई दिएकी हुन् ।

अन्तिम मतपरिणामअनुसार, गोकर्णले २८ हजार ४७६ मत पाएका छन भने रामकुमारीले २६ हजार ४४२ मत पाएकी छिन् । उनीहरू २ हजार ३४ को मतारन्तरले जित–हार भएको छ ।

‘यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु’, रामकुमारीले भनेकी छिन् ।