एमालेका सर्वेन्द्रलाई हराउँदै स्वतन्त्र पार्टीका शिशिर विजयी

होमल्याण्ड खबर

२०७९ मंसिर ७ गते, बुधबार १५:०४ मा प्रकाशित

काठमाडौं निर्वाचन क्षेत्र नम्बर६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई पराजित गर्दै विजयी भएका हुन् । शिशिरले १४ हजार २ सय ४ मत ल्याएका हुन् ।

काठमाडौं–६ मा यसअघि २०७४ सालमा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका थिए । प्रधानले १६ हजार ७ सय ८५ र सुवेदीले १५ हजार ४ सय ८५ मत पाएका थिए । २०७० मा पनि उक्त क्षेत्रबाट प्रधान विजयी भएका थिए ।

यो क्षेत्रमा ३८ हजार ३ सय ८० मत खसेको थियो ।