४ चैत्र २०८२, बुधबार
रुकुम पूर्वबाट सत्तारुढ गठवन्धनवाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर निर्वाचित भएका छन् । घर्तीमगर १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले मल्लले ५ हजार २२१ मत प्राप्त गरेका छन् ।
७ हजार ४१ मतान्तरले हराउदै घर्तीमगर विजयी भएका हुन् । लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका घर्ती पहिलो पटक प्रतिनिधिसभाको लागि निर्वाचित भएका हुन् ।

