संखुवासभा प्रदेश (क) मा ३४ मतले राजेन्द्र कार्की विजयी

होमल्याण्ड खबर

२०७९ मंसिर ९ गते, शुक्रबार १०:३३ मा प्रकाशित

संखुवासभाको प्रदेशसभा (क) मा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की (नवीन) विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले  दिएको जानकारी अनुसार राजेन्द्रले १३ हजार ४ सय ३३ मत प्राप्त गरेर विजयी भए ।  उनको निकटतम प्रतिद्वन्द्वी एमालेका भविश्वर गुरुङ्गले १३ हजार ३ सय ९९ मत प्राप्त गरी पराजित भए।

नेकपा एमालेका भविश्वर गुरुङलाई ३४ मतले पछि पार्दै विजयी बनेका हुन् ।  राजेन्द्र र भविश्वरबीच कडा प्रतिस्पर्धा भएको थियो । प्रदेशसभा (क)मा ३१ हजार ५०४ मत खसेको थियो भने जिल्लाभर १ लाख १७ हजार ५५४ मतदाता रहेकोमा ६५ हजार ८९२ मत खसेको थियो ।