इलाम २ मा मतान्तर फराकिलो बनाउँदै सुवास नेम्वाङ

होमल्याण्ड खबर

२०७९ मंसिर ९ गते, शुक्रबार १२:१८ मा प्रकाशित

जारी मतगणनामा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवास नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

उनले २० हजार ७१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १८ हजार ३०६ मत पाएका छन् ।

हालसम्म ४४ हजार ७७५ मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।