४ चैत्र २०८२, बुधबार
झन्डै ६ हजार मतान्तरले काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटा विजयी भएका छन्। कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै एमालेका बास्कोटा निर्वाचित भएका हुन्।
बास्कोटाले ४५ हजार ३४५ मत ल्याउँदा हुमागाईंले ३९ हजार ४८२ मत ल्याए। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे।


अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए। ५५ हजार ५२६ मतसहित विजयी भएका उनी धेरै मतान्तरसहित विजयी हुनेमा थिए।