पाल्पा-२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

होमल्याण्ड खबर

२०७९ मंसिर ९ गते, शुक्रबार १५:२० मा प्रकाशित

पाल्पा-२ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुर प्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् । गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याए ।