४ चैत्र २०८२, बुधबार
इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले आग्रता कायम गरेका छन् ।
पछिल्लो गणनाअनुसार बस्नेत २४ हजार ३०४ मतसहित अग्रस्थानमा रहदा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल २१ हजार ८०२ मतका साथ पछ्याइरहेका छन् ।


खनाल २५ सय मतले पछाडि परेकाले अब ३ हजार जति गन्न बाँकी मतबाट उनले जित निकाल्न असम्भव हुनेछ ।
इलाम १ मा सातौंपटक उम्मेदवार बनेका खनालले यसपटक आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँगको प्रतिस्पर्धामा सुरूदेखि नै पछि परे ।
गठबन्धनको साथ हुँदा पनि जित्ने स्थिति नभएपछि खनालले पुनः मतदानको माग गरेका छन् ।