सिरियामा नेपाली शान्ति सेनाको टोली परिवर्तन, आजै स्वदेश फिर्ता हुँदै

होमल्याण्ड खबर

२०७९ मंसिर १२ गते, सोमबार १४:३३ मा प्रकाशित

हाल सिरियामा खटिएको संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तरगत नेपाली शान्ति सेनाको टोली परिवर्तन गरिएको छ।

२१६ जनाको टोली बदली गरी सोमबार नयाँ टोली त्यसतर्फ गएको हो। २०३ जनाको सो टोलीको नेतृत्व सेनानी किशोर खड्काले लिएका छन्।

सिरियामा रहेको नेपाली सेनाको टोली आजै स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।