धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

होमल्याण्ड खबर

२०७९ मंसिर १३ गते, मंगलवार १०:२८ मा प्रकाशित

धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरेका छन् । रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत मात्रै ल्याएका छन्।

११२ मतान्तरले रघुवीर विजयी भएको निर्वाचन अधिकृत सुदीप दंगालले बताए।