एमाले-माओवादीबीच सहकार्य असम्भव छैन् : लिलामणि पोखरेल

होमल्याण्ड खबर

२०७९ मंसिर १३ गते, मंगलवार १३:४२ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले नेपालका सबै वामपन्थीहरुबीच एकताको प्रयास थालिने बताएका छन् । तर, अहिले नै एमाले र माओवादी मिलेर सरकार बनाउने सम्भावना भने नभएको उनको दाबी छ ।

उनले भने,‘समाजवादको लागि के हो बाटो ? भनेर छलफल गर्नुपर्छ । हामीले प्रोगामका आधारमा समिकरण बनाउनुपर्छ ।’

उनले अहिलेको गठबन्धन भत्काउनको लागि तार्किक निश्कर्षमा पुग्नुपर्नेमा जोड दिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गल्ती थियो भनेर रियलाईजेशन गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘हिजो पाँच वर्षको लागि ग्यारेन्टी सरकार थियो, राम्रो काम गरेको भए १५ वर्ष पनि जान्थ्यो ।’ उनले प्रविधिले मात्रै मुलुक अघि बढ्न नसक्ने भन्दै सुकुम्बासी समस्या समाधानको लागि काठमाडौंका मेयर बालेन्द्र शाहले चालेको कदमको आलोचना गरे ।