रविको पार्टीप्रति ओलीको टिप्पणी

होमल्याण्ड खबर

२०७९ मंसिर १३ गते, मंगलवार १६:१० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको पार्टीप्रति उसको चुनाव चिन्ह, पार्टी झण्डा लगायतका विषयमा टिप्प्णी गरेका छन् । ओलीले अमेरिकाको फ्रिडम पार्टीको जस्तै चुनाव चिन्ह्र नेपालमा पनि लिएर आएको भन्दै यस बारेमा थप अहिले नबोल्ने भन्दै टिप्प्णी गरेका हुन् ।

रबि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह्र, पार्टी झण्डा लगायतका विषय अमेरिकाको फ्रिडम पार्टीको जस्तै रहेको र त्यसैको फोटोकपी रहेकोमा प्रश्न उठिरहेका बेला एमाले अध्यक्ष ओलीको त्यस्तो प्रतिक्रिया आएको हो ।

एमालेको जनसस्कृतिक संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघले चुनावमा निर्वाचित सांसदहरुलाइ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले भने, ‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ । त्यसको चिन्ह घण्टी छ। दुरुस्त आकारको घण्टी उहाँ पनि लिएर आएका छन् । तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो । केही त होला । त्यतापट्टि पनि धेरै नजाऔँ ।’