मन्त्री परिषदको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्दै

होमल्याण्ड खबर

२०७९ मंसिर २० गते, मंगलवार १२:४४ मा प्रकाशित

आज मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे मन्त्री परिषदको बैठक बस्न लागेको हो । आज बस्ने बैठक आम निवार्चनपछिको पहिलो बैठक पनि हो ।

आजको बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । आजैको बैठकले सरकारले वैशाख १४ गतेबाट नयाँ गाडीको लागि बन्द गरेको प्रतीतपत्र (एलसी) खोल्ने विषयमा पनि छलफल हुने बताइएको छ ।