महाभियोग निष्कृय भएकाे पत्र पाएसंगै सर्वोच्च जाँदै चोलेन्द्र

होमल्याण्ड खबर

२०७९ मंसिर २१ गते, बुधबार १३:२० मा प्रकाशित

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । आफूविरुद्ध संसदमा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै राणा सर्वोच्च जान लागेका हुन् ।

संसद् सचिवालयले आफूमाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएकाले त्यही पत्र लिएर आफू सर्वोच्च जान लागेको राणाले बताए ।

संसद् सचिवालयले राणालाई पत्र पठाइएको पुष्टि गरेको छ । तर, त्यसमा लेखिएको व्यहोरा भने खुलाएको छैन ।

संघीय संसद्का महासचिव भरतराज गौतमले महाभियोग निष्क्रिय भएकाे भन्दै पत्र दिएपछि जबरा सर्वोच्च जान लागेको स्रोतको भनाइ छ । पुरानो संसद्को कार्यकाल सकिएर संसदमा नयाँ सदस्य निर्वाचित भएकाले महाधियोग निष्क्रिय भएको भन्दै गौतमले जबरालाई पत्र पठाएका हुन् ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारूढ दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

महाभियोग सिफारिस समितिको बहुमतले राणालाई महाभियोग लगाउन सिफारिस गरेको थियो । एमाले र लोसपाका सदस्यले भने निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै फरक मत लेखेका थिए । महाभियोग सिफारिस समितिले प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिनसम्म प्रतिवेदन दिन नसक्दा संसद्ले महाभियोग प्रस्ताव टुंगोमा पुर्‍याउन सकेको थिएन ।