समानुपातिक चयनबारे रास्वपाभित्र असन्तुष्टि

होमल्याण्ड खबर

२०७९ मंसिर २२ गते, बिहीबार १२:०० मा प्रकाशित

निर्वाचनको परिणाम आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवाद सुरु भएको । रवि लामिछाने नेतृत्वको रास्वपाभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको एकथरीले असन्तुष्टि जनाएपछि विवाद सुरु भएको हो ।

सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपाबाट पराजित भएका सुनसरी सभापति समेत रहेका लालविक्रम थापाले समानुपतिक चयनमा चलखेल भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्न आवश्यक रहेको जनाएका छन् ।

प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको उनको आरोप छ । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’

बिहीबार रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा हुने खबरदारी कार्यक्रममा सहभागी हुनसमेत उनले अनुरोध गरेका छन् । अहिले ११ बजे रास्वपाको केन्द्रीय कार्यालयमा असन्तुष्ट भएकाहरुले घण्टी बजाउँदै खबरदारी गरेका छन् ।