प्रधानन्यायाधीश राणाविरुद्धको रिटउपर बहस सकियो, के आउला आदेश ?

होमल्याण्ड खबर

२०७९ मंसिर २३ गते, शुक्रबार १४:२७ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटउपर बहस सकिएको छ ।

सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसमेतले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ भएको थियो । बहस सकिएसँगै आजै आदेश दिने तयारी भइरहेको छ ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।

राणाले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि संसद सचिवालयले उनीमाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको थियो । राणा कामका लागि सर्वोच्च अदालत फर्कने तयारी गरेपनि बारका वकिललगायतले प्रहरी प्रशासनको आडमा अवरोध गरिरहेका छन् ।