२७ बैशाख २०८३, आईतवार
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदी सफाइको पाँच सय हप्ता नाघेको छ। यस अवधिमा सफाइ गरेर बागमतीबाट करिब २० हजार टन फोहर निकालिएको छ।
विसं २०७२ जेठ ५ गते बागमती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ हुँदै आएको छ। साप्ताहिकरुपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ।


सफाइ महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि बागमती पूर्णरुपमा सफा हुन सकेको छैन। सर्वसाधारणले बागमतीमा यसरी फोहर फाल्ने हो भने जति सफाइ गरे पनि कहिल्यै सफा बन्दैन। फोहर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन।
महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा बागमती नदीको फोहर सङ्कलन गरेका छन्। स्वतःस्फूर्तरुपमा स्वयंसेवी अभियानमा सहभागी हुँदैआएका छन्।