सरकारले ल्याएको अध्यादेशमाथि रवि लामिछानेको प्रश्न : १-२ हप्ता पनि कुर्न नसकिने ?

होमल्याण्ड खबर

२०७९ मंसिर २६ गते, सोमबार १०:३५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमाथि प्रश्न गरेका छन् । आइतबार साँझ सरकारले अध्यादेश ल्याउने निर्णय गरसँगै उनले सरकारमाथि प्रश्न गरेका हुन् र

‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपत काल लागेको थियो र १-२ हप्ता पनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,’ उनले भने, ‘नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ, यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो, यो तत्काल फिर्ता हुनु पर्छ ।’

हिजो मात्रै सरकारले मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय सरकारले गरेको थियो । यो अध्यादेशले टीकापुर हत्या काण्डमा संलग्न रहेको आरोपमा जेलमा रहेका रेशम चौधरीसहितलाई जेलबाट छुटाउन सहयोग पुग्ने छ ।