४ चैत्र २०८२, बुधबार
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
ओलीलाई भेट्न कांग्रेस नेता केसी आइतबार साँझ बालकोट पुगेका थिए। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको जनाएको छ । त्यसक्रममा समसामयीक राजनीतिक घटनाक्रम र चुनाव पछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको केसीको सचिवालयले जनाएको छ।


भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए। साथै द्वन्द्वकालीन मुद्दाहरू किनारा लगाउने सहमति भएको केसीको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्ने दुई नेताको जोड रहेको थियो।