कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला

होमल्याण्ड खबर

२०७९ मंसिर २६ गते, सोमबार ११:११ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ ।

शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूले पुष मसान्तभित्र आवेदन फारम भर्न सकिने बोर्डले सुचनामार्फत जनाएको छ। पुष १५ भित्र आवेदन बुझाउँदा ४०० रुपैयाँ र पुस मसान्तभित्र बुझाउँदा त्यसको दोब्बर ८०० रुपैयाँ शुल्क लाग्ने बोर्डले जनाएको छ ।