४ चैत्र २०८२, बुधबार
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
मंगलबार साँझ ओलीलाई भेट्न महासचिव गुरुङ बालकोट पुगेका थिए । अध्यक्ष ओली प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि बधाई दिनमात्रै गएको महासचिव गुरुङले बताए ।
उनले भने, ‘उहाँ विजयी हुनुभएको छ । उहाँलाई बधाई दिनमात्रै गएको हुँ ।’

