बाबुराम र कांग्रेस नेता केसीबीच भेटवार्ता, यस्तो भयो छलफल

होमल्याण्ड खबर

२०७९ मंसिर २८ गते, बुधबार १३:४३ मा प्रकाशित

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ ।

टोखा स्थित डा भट्टराईको निवासमा भएको भेटमा निर्वाचनको समीक्षा, संसद्को अंकगणित र सरकार गठनको सम्भावनाबारे छलफल भएको थियो ।

बिहान करिब १ घन्टा ३० मिनेट भएको छलफलमा अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरुबीच साझा अवधाधारणा तयार गरी सहकार्यको साथ अगाडि बढ्ने समझदारी भएको बताइएको छ ।