आयोगले सार्वजनिक गर्यो मंसिर ४ मा सम्पन्न चुनावको अन्तिम नतिजा

होमल्याण्ड खबर

२०७९ मंसिर २८ गते, बुधबार १४:३८ मा प्रकाशित

बुधबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको परिणाम सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गर्दै समग्र नतिजा सकारात्मक भएको बताए ।

आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।