४ चैत्र २०८२, बुधबार
काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ । एक सूचना जारी गर्दै महानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभागरआयोजनारकार्यक्रमरवडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो ।
महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो ।


