सुनसरीमा गोली हानी विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या

होमल्याण्ड खबर

२०७५ आश्विन ४ गते, बिहीबार १४:१७ मा प्रकाशित

प्रदेश नम्बर १ स्थित सुनसरीको हरिनगर गाउँपालिका २ भूताहामा रहेको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या भएको छ ।

भारतबाट आएको हतियारधारी समूहले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुई जनाको संख्यामा मोटरसाइकलमा आएका ती हतियारधारी समूहले उनको बिहिबार बिहान साढे ११ बजे गोली प्रहार गरी हत्या गरेका हुन् ।

हत्यापछि भागेका उनीहरुले सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलाई समेत गोली हानेर भागेको प्रहरीले जनाएको छ ।

गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएको बताइएको छ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।