जापान सरकारले आज रामचन्द्र पौडेललाई विभूषण प्रदान गर्ने

होमल्याण्ड खबर

२०७९ मंसिर २९ गते, बिहीबार १०:३६ मा प्रकाशित

जापान सरकारले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आज विभूषण प्रदान गर्ने भएको छ। पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न लागेको छ।

पौडेलको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको छ। यसअघि नै जापानले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सनु’ विभूषणबाट पौडेललाई सम्मान गर्ने घोषणा गरिसकेको थियो।

विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ। जापानका सम्राट मेइजिले सन् १८७५ मा यो विभूषणको स्थापना गरेका थिए। जापानले विशिष्ट व्‍यक्तिहरूलाई वर्षमा दुई पटक यो सम्मान दिने गर्छ, जसमा विदेशी नागरिक कम पर्छन्।

पौडेललाई सभामुख हुँदाका बेला गरेका काम र त्यसपछि जापान(नेपाल सम्बन्धका लागि यो विभूषण दिन लागिएको हो। पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए।