कांग्रेस संसदीय दलको नेता चयन गर्न पुस ६ गते चुनाव

होमल्याण्ड खबर

२०७९ पुष ४ गते, सोमबार १५:०९ मा प्रकाशित

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पुस ६ गते चुनाव हुने भएको छ ।

आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।