४ चैत्र २०८२, बुधबार
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग महामन्त्री गगन थापा प्रतिस्पर्धामा उत्रने भएका छन् । सस्थापन इतर समुहबाट गगनले देउवासँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।
इतर समुहबाट शेखर कोइराला पनि दल नेताका आकांक्षी थिए । यधपी दुवै नेतालाई मिलेर एकमा सहमति खोज्न इतर समुहका नेताहरुको दवावका वीचमा अव शेखरले गगनलाई साथ दिने सम्भावना बढेको इतर समुहका एक नेताले बताए ।


यधपी, यसको घोषणा भईनसकेपनि शेखर समुहमा सहमति जुटेको एक नेताले बताए । सहमति अनुसार, महामन्त्री थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र शेखर कोइराला थापाको प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी ती नेताले जानकारी दिए । हिजो दिनभर छलफल गर्दा पनि दुई नेतामा सहमति नभएपछि आज बिहानबाट फेरि इतर समुहका शीर्ष नेताहरुसहित आकाक्षी दुवै नेताको छलफल भएको थियो ।
अव दुवै आकांक्षी नेताहरुले वान अन वान वार्ता गर्ने र त्यसपछि फेरि सामुहिक छलफल गरेर साझा उम्मेदवार तय गर्ने तयारीमा इतर समूह लागेको छ । इतर समुहबाट डा. शेखर कोइरालाले नै महामन्त्री गगनकुमार थापाको नाम प्रस्ताव गर्ने गरी छलफल अगाडी बढेको ती नेताले बताए । मंगलबार होटल एम्बेस्डरमा बसेको इतर समूहको बैठकले यस्तो निष्कर्ष निकालेको हो। स्रोतका अनुसार यो बैठकबाट शेखरको साथ लिएर गगनले सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा लड्ने भएका हुन्।
उनीहरुबीचको सहमतिअनुसार यही पाँच वर्षमा फेरि संसदीय दलको चुनाव हुने भएमा भने शेखरलाई गगनले छाड्ने भएका छन्। त्यो अवस्थामा गगनले दाबी नगर्ने सहमति भएको बताइएको छ ।
कांग्रेसमा दल नेताका लागि भोलि मतदान हुँदैछ । आज दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका छ ।