४ चैत्र २०८२, बुधबार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएकापछि पौडेलले देउवालाई बधाई दिएका हुन् ।
देउवा बुधवार भएको निर्वाचनबाट संसदीय दलको नेतामा निर्वाचित भएका थिए । महामन्त्री गगन थापालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । कूल ८९ मतमध्ये देउवाले ६४ र गगनले २५ मत प्राप्त गरेका थिए ।

