४ चैत्र २०८२, बुधबार
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई सपथ गराएको बारे मधेसी आयोगले संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले शुक्रबार संसद् सचिवालयलाई पत्रचार गर्दे पुस ७ गतेको औपचारिक कार्यक्रममा चन्द्रकान्त राउतसहित केही प्रतिनिधिसभाका सदस्यहरुले भाषा आयोग तथा मधेसी आयोगमा सूचिकृत नरहेको ‘मधेसी भाषा’मा सपथ गराइएको भन्दै स्पष्टीकरण सोधेको हो ।


‘सरकारी कामकाजका भाषा सम्बन्धी सिफारिशहरु २०७८’ र मधेसी आयोगमा ‘मधेसी भाषा’ सूचिकृत नभएको देखिएकाले सो भाषामा प्रतिनिधिसभाका सदस्यहरुले औपचारिक कार्यक्रममा सपथ लिनु गम्भीरताको विषय रहेको आयोगले जनाएको छ ।
नेपालमा विद्यमान रहेका सूचिकृत अन्य भाषाहरुमाथि नकारात्मक प्रभाव परेको देखिन्छ’ आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।
आयोगले कुन मान्यता अनुसार संसद सचिवालयले मधेसी भाषामा सपथ लिन मान्यता दिएको भनी स्पष्ट पार्न आयोगकी उपसचिव सविता डंगोलले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।