रास्वपालाई समेटेर यही गठबन्धनलाई अघि बढाऔँ : विश्वप्रकाश शर्मा

होमल्याण्ड खबर

२०७९ पुष १० गते, आईतवार १२:२७ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि समेटेर अहिलेकै गठबन्धन अघि बढाउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभामा रवि लामिछाने नेतृत्वको रास्वपाबाट २० सांसद छन्। कसैसँग पनि बहुमत नभएकोले सरकार बनाउन गठबन्धन गर्नु परेको शर्माको भनाइ छ। शर्माले लचकता, सहकार्य र विश्वासलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए।

सत्ता गठबन्धनका दलबीच नेपाली कांग्रेस २ वर्ष, माओवादी २ वर्ष र नेकपा एकीकृत समाजवादी १ वर्ष प्रधानमन्त्री हुने गरी समझदारीमा पुगेका थिए।

यो समझदारीमा परिपक्कता रहेको तर इमान्दार र कार्यान्वयनका लागि पारदर्शी उत्तिकै जरूरी रहेको शर्मा बताउँछन्।