४ चैत्र २०८२, बुधबार
सत्ता गठबन्धनमा भागबण्डा नमिलेपछि प्रधानमन्त्री निवास बालुवाटार सुनसान बनेको छ ।
नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहौल परिवर्तन भएको हो ।


नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट नेकपा एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका छन् । बालकोटमा अहिले नयाँ सरकार गठनको लागि छलफल जारी छ ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी नेता अशोक राईसमेत सहभागी छन् । उनीहरूबीच सत्ता सहकार्यमा सहमति जुट्दा आजै सरकार गठन हुन सक्ने सम्भावना प्रबल छ ।
यता पहिलो आम निर्वाचनबाट पहिलो दल बनेको कांग्रेस प्रतिपक्षमा बस्ने लगभग देखिएको छ ।