४ चैत्र २०८२, बुधबार
बालकोट बैठकमा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि थपिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सरकार गठनबारे चार दलहरूबीच छलफल भइरहँदा राउत पनि सहभागी भएका हुन् ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरू बैठकमा सहभागी भएका छन् ।
उनले प्रचण्डले बोलाएपछि छलफलमा आएको प्रतिक्रिया दिएका थिए ।