बालकोटमा सहमति– प्रचण्डको नेतृत्वमा सरकार बन्ने

होमल्याण्ड खबर

२०७९ पुष १० गते, आईतवार १५:४९ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्ने गरी बालकोटमा सहमति जुटेको छ ।

प्रचण्डको नेतृत्वमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत र उन्मुक्ति पार्टी सम्मिलित सरकार बन्ने सहमति भएको हो ।

बैठक सहमतिमा पुगेको र हस्ताक्षरको प्रक्रियामा रहेको बालकोट बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

कांग्रेसले पहिलो कार्यकालको प्रधानमन्त्री दिन नमानेपछि प्रचण्ड एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए ।