देउवाले प्रचण्डलाई धोका दिए : रामचन्द्र पौडेल

होमल्याण्ड खबर

२०७९ पुष १० गते, आईतवार १७:११ मा प्रकाशित

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका सभापति शेरबहादुर देउवाले प्रचण्डलाई धोका दिएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेको पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देउवाले धोका दिएको उनको टिप्पणी थियो । पौडेलले भने, ‘प्रचण्डले धोका दिएको भन्ने पक्षमा छैन, प्रचण्डलाई धोका भयो ।’

प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन देउवाले अस्वीकार गरेपछि प्रचण्डले आइतबार दिउँसो केपी शर्मा ओली निवास बालकोट पुगेर एमालेसहित सात दलको समर्थनमा सरकार गठन गर्ने सहमति गरेका छन् ।

एमालेले प्रचण्डलाई अढाई वर्ष सरकारको नेतृत्व दिने सहमति भएको छ । सहमतिसँगै ओली र प्रचण्ड राष्ट्रपतिको कार्यालय शितल निवास पुगेका छन् ।