४ चैत्र २०८२, बुधबार
सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन गरेका दलहरूको बैठक बस्न लागेको हो। सोमबार बिहान ११ बजे नयाँ बानेश्वरमा रहेको संसद् भवनमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने दलहरूको बैठक बस्ने भएको छ ।
सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा हिजो मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन्।

