४ चैत्र २०८२, बुधबार
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा भड्किला सामान नकिन्न निर्देशन दिएका छन् । प्रचण्डले सचिवालयमार्फत निवास व्यवस्थापन शाखालाई यस्तो निर्देशन दिएको हो ।
यता पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटारबाट बाहिरिने तयारीमा जुटेका छन् । प्रचण्डले आज अपरान्ह ४ बजे राष्ट्रपति निवासमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ ।

