४ चैत्र २०८२, बुधबार
मन्त्रालय भागबन्डा गर्न नयाँ बानेश्वरमा आज सत्ता गठबन्धनको बैठक बसेको छ।
नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतको उपस्थितिमा सत्ता गठबन्धनको बैठक बसेको हो।


प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम छ। आजै सानो आकारमा मन्त्रिमण्डल गठन हुनेछ। सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।