देउवाले छोडे बालुवाटार

होमल्याण्ड खबर

२०७९ पुष १३ गते, बुधबार ११:५८ मा प्रकाशित

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छोडेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि देउवाले बुधबार बालुवाटार छोडेका हुन् ।

बुढानीलकण्ठस्थित देउवा निवासमा मर्मत भइरहेकाले उनको परिवार केही दिन धुम्बाराहीस्थित होटेलमा बस्ने जनाइएको छ ।