मधेस प्रदेश सभाको बैठक १८ पुसमा आह्वान

होमल्याण्ड खबर

२०७९ पुष १५ गते, शुक्रबार १४:२५ मा प्रकाशित

 मधेस प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा आह्वान गरिएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १८ पुस १ बजेका लागि बैठक आह्वान गरेका हुन्।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले बताए। त्यसैगरी, बिहीबार नै प्रदेश प्रमुख मिश्रले प्रदेश सभामा ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादी पार्टीका सांसद गोविन्दबहादुर न्यौपानेलाई पद तथा गोपनीयताका शपथ गराएका थिए।

यसैबीच, नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य न्यौपानेले आज शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।