४ चैत्र २०८२, बुधबार
मन्त्रीपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा केही बेर अगाडीबाट मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
१० पुसमा प्रधानमन्त्री नियुक्ति भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि क्याबिनेटको यो दोस्रो बैठक हो । पहिलो बैठक सपथ ग्रहण गरेको दिन अर्थात पुस ११ गते साँझ सिंहदरवारमा बसेको थियो ।


त्यसपछि दोस्रो पटक आज बसेको हो । प्रचण्ड नेतृत्वको सरकारको क्याबिनेटमा अहिले ३ उपप्रधानमन्त्रीसहित ८ जना छन् । उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई भौतिक पूर्वाधर तथा यातायात, उपप्रधानमन्त्री रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिएएको छ । थप ४ मन्त्रीहरु राजेन्द्र राई, ज्वालाकुमारी साह, दामेदार भण्डारी र अश्दुल खानले भने मन्त्रालयको जिम्मेवारी पाइसकेका छैनन । उनहिरु विनाविभागिय मन्त्रीका रुपमा छन् ।